बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढवा दिन निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।
बागमती प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन।
सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढवा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका हुन । साथै उनले सबै भाषाहरुको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन ।
“प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” कार्यान्वयन गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ ।