Butwal Today

छुट्टाछुट्टै सवारी दुर्घ’टनामा आठ जनाको मृ’त्यु

१९ बैशाख २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

सुनसरीको दुहबी नगरपालिका २ तुथाहामाबसको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका(४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी ९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया छोरी अन्सु भट्टराई, बाराको कलैया उपमहानगरपालिका(२४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कलैया १६ दिब्यनगरी ७० वर्षीया दहउरादेवी महतो, कास्कीको अन्नपूर्ण गाउँपालिका ९ सुधामेमा बोलेरोको ठक्करबाट साइकलयात्री अन्नपूर्ण ९ का डिलबहादुर आलेकी छ वर्षीया छोरी सुस्मा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका ८ कालीगण्डकी चोकमा आज बिहान ट्रक र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिक ३ की ३६ वर्षीया निशा कुमाल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोधारा चाँदनी १ का १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिका(२ बक्चौडामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका रामटहल मण्डलका १४ वर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको छ भने बर्दियाको गुलरिया नगरपालिका(११ लालपुरमा आज बिहान भएको दुर्घटनामा गुलरिया ११ का अलिशेर साइकी आठ वर्षीया छोरी नाजिया साइको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?