Butwal Today

ला’गुऔषधसहित विभिन्न स्थानबाट १८ जना प’क्राउ

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट ला’गुऔषधसहित १८ जनालाई प’क्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई प’क्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद ला’गुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।

यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई प’क्राउ गरेको हो । उनीहरु बुधबार प’क्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?