Butwal Today

नवलपरासी सेवा समाज कतारद्वारा २ विद्यालयमा अक्षयकोष स्थापना

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

दोहा (कतार) ।

कतारदेखि गृह जिल्ला नवलपरासी सम्म सामाजिक कार्यमा सक्रियता रहेको नवलपरासी सेवा समाज कतारले जिल्लाका दुई विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

संस्थाले बर्दघाट नगरपालिका दिव्यनगरस्थित श्री नव दिव्य ज्योति आधारभूत विद्यालय र रामग्राम नगरपालिका १८ मा रहेको पण्डितपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा जनही रु. १ लाखका दरले अक्षयकोष स्थापना गरेको हो ।

नव दिव्य ज्योति विद्यालयमा २०८२ चैत २६ गते र राष्ट्रिय माध्यमिक विद्यालयमा २०८३ वैशाख ९ गते आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा हमाल ठकुरीले एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नव दिव्य ज्योति विद्यालयका प्रधानाध्यापक गीता गैरेले उक्त कोषबाट विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, पुरस्कार तथा छात्रवृत्ति वितरणमा थप मद्दत पुग्ने र आर्थिक स्रोत सिर्जनाका लागि थप पहल गर्न सकेमा विद्यालयलाई थप राहत पुग्ने विश्वास व्यक्त गरेकी थिइन ।

संस्थाले स्थापना गरेको अक्षयकोषले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारका लागि यो कोष अति नै महत्त्वपूर्ण आधार बन्ने र शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन कतारमा सामाजिक कर्म गरेर सहयोग पुर्‍याउने नवलपरासी सेवा समाज कतार प्रति राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले आभार व्यक्त गरेका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य गणेश बस्याल, निवर्तमान सह–कोषाध्यक्ष कृष्ण क्षेत्री, सदस्यहरू भुवन पराजुली र राजु खत्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय सरोकारवालाहरू विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीउ वासीहरूको उपस्थिति रहेको थियो ।

समाजले यसअघि पनि नवलपरासी जिल्लाका ४ विद्यालय र १ अस्पतालमा समान प्रकृतिका अक्षयकोष स्थापना गरिसकेको छ।

समाजले स्थापना काल देखि नै गृह जिल्ला नवलपरासीमा विभिन्न मानवीय तथा आर्थिक सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?