Butwal Today

जिल्ला प्रशासनमा एकद्वार प्रणालीमार्फत सेवा सुरु

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

किमाथाङ्का (सङ्खुवासभा) ।  जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।

सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । सोमबारदेखि एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

सेवाग्राहीलाई सहजीकरणको लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने नीति अघि सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?