Butwal Today

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा मात्र सञ्चालन हुने

७ बैशाख २०८३, सोमबार
अ+
अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म दैनिक सञ्चालन समय घटाएर बिहान ६ः३० बजेदेखि राति ११ः४५ बजेसम्म मात्र सञ्चालन हुने भएको छ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार पेभमेन्ट कन्स्ट्रक्सनको काम सम्पन्न गर्नका लागि अस्थायी रूपमा यस्तो तालिका लागू गरिएको हो।
टर्मिनल महाशाखा प्रमुख इन्दु राज अधिकारी ले यस अवधिभर राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा बन्द रहने जानकारी दिए। सो सम्बन्धमा समेत जारी गरिएको उनले बताए।

यो व्यवस्थाले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान तालिकामा प्रभाव पर्ने भएकाले यात्रुहरूलाई आफ्नो उडान समयबारे सम्बन्धित एयरलाइन्ससँग अग्रिम जानकारी लिन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?