© 2026
पाल्पा ।
पाल्पा र नवलपरासीको सिमाना अरुण खोलामा बारुद प्रयोग गरी माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । माछा मार्ने क्रममा घाइते पाल्पाको निस्दी गाउँपालिका वडा नं. ५ का ३८ वर्षीय खुमबहादुर सुनारीको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
माछा मार्ने क्रममा बारुद पड्किएर घाइते भएका सोही स्थानका ३५ वर्षीय रोमनसिंह खरु मगरको हाल रामपुर अस्पतालबाट थप उपचारको लागी लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा ल्याएको पाल्पा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।