© 2026
विश्वमा बर्सेनि सुर्तीजन्य पदार्थ सेवनकै कारण करिब आठ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
तीमध्ये सात लाखभन्दा बढीको प्रत्यक्ष सुर्ती सेवनबाट र एक लाखजति अप्रत्यक्ष सेवनका कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।
नेपालमा करिब ३० हजार व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा एक करोडभन्दा बढी सुर्ती सेवनकर्ताको मृत्यु हुने चेतावनी समेत दिएको छ । १५ वर्ष र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।
यो संख्या हेर्दा सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी जनस्वास्थ्य समस्या बन्दै गएको छ । मुलुकका २७ प्रतिशत पुरुष एवं ६ प्रतिशत महिला कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्छन् ।
यसलाई इज्जत, प्रतिष्ठा र देखासिकीका कारण नेपालका २५ हजारभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने गरेको छ भने १५ वर्ष र सोमाथिका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।
विश्वभरिमा शिक्षित र चेतनशील व्यक्तिका साथै नेपालका महिलाले बढी सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ । न्यून साक्षरता दर, बढ्दो सहरीकरण, अस्वस्थकर जीवनशैली, देखासिकी, गलत धारणाले गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या उत्पन्न भएका छन् । धुवाँ आउने, नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा, जर्दा वा पानपराग सेवन गर्नु नै सुर्तीजन्य पदार्थ सेवन गर्नु हो ।
सुर्तीजन्य पदार्थमा कार्बन मोनोक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४० जति क्यान्सर बेञ्जोपाइरिन लगायतका रसायनले क्यान्सर लाग्नुका साथै मृत्युको मुखमा समेत पु¥याउने भएकोले सचेत बन्नुपर्ने आवश्यकता छ ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन, निर्देशिका, नियमावली र कानुन भएपनि त्यसको कार्यान्वयन भने चिन्ताजनक अर्थात अत्यन्तै कमजोर अवस्थामा छ ।
अशिक्षा, चेतनाको अभाव, गरिवी, अस्वस्थ्यकर जीवनशैली आदीका कारण नेपालमा सुर्ती सेवन गर्नेहरूको संख्या बढ्दो छ तर त्यसको सट्टा नियन्त्रण र सचेतनाको स्तर कम हुँदै गएको छ । जसका कारण जोखिम झनै बढ्दै छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम ६५ प्रतिशत छ ।
यसको प्रमुख कारण अस्वस्थकर जीवनशैली तथा सहरीकरण हो । नसर्ने रोग निम्त्याउनुमा सुर्तीजन्य पदार्थको ठूलो योगदान रहेको छ । अर्थात् सुर्ती सेवनले क्यान्सर वनाउने जोखिम बढिरहेको छ ।
तर पनि नेपालमा सुर्ती सेवन गर्नेहरूको संख्या भने कम होइन बढ्दै गएको छ । धूवाँ आउने, नआउने जुनसुकै सुर्तीबाट तयार गरिने चुरोट, बिँडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग नै सुर्तीजन्य पदार्थ हो ।
सुर्तीजन्य पदार्थमा कार्वन मोनोक्साइड, निकोटिन, टार, बेन्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तत्व रहने गरेको चिकित्सकहरू बताउँछन । त्यसैगरी सुर्ती सेवनले ४० वटा क्यान्सर बेन्जोपाइरिन लगायतका क्यान्सरजन्य रोग उत्पन्न गर्ने गरेको बताईएको छ ।
सुर्तीबाट हुने जोखिम कम गर्ने हो भने अवका दिनमा स्वास्थ्य सम्बन्धी ऐन कार्यान्वयनमा ध्यान दिनुपर्ने बेला आएको छ । अहिलेसम्म विश्वमा आठ मिलियन मानिसको मृत्यु सुर्तीजन्य रोगका कारण भएको तथ्याङ्कले देखाएको छ ।
सुर्तीजन्य पदार्थले मुटुसम्बन्धी समस्या, क्यान्सर, फोक्सोसम्बन्धी समस्या र अन्य नसर्ने रोग लाग्ने गर्दछ । अध्ययन अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने ५० प्रतिशत मानिसको अल्पायुमै मृत्यु हुने देखिएको छ । नेपालले सुर्तीजन्य पदार्थको सेवनमा नियन्त्रण गर्ने र जोखिम कम गर्ने हो भने यसको प्रयोगमा नियन्त्रण गर्नैपर्दछ ।
त्यो केवल स्वास्थ्य सम्वन्धि जनचेतनाबाटै सम्भव छ । तसर्थ अवका दिनमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने बेफाईदाको विषयमा आम जनतामाझ कार्यक्रम लैजानु जरुरी छ । नयाँ सरकारले यस बिषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरोस् ।