Butwal Today

वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम सम्पन्न

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

तिलोत्तमा ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिवसीय तालिम तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित श्री सरोकार महिला बचत तथा ऋण सहकारी संस्थामा सम्पन्न भएको छ ।

तालिममा संस्थाका पदाधिकारी तथा सेयर सदस्य गरी करिब ३० जनाको सक्रिय सहभागिता रहेको वित्तीय साक्षरता सहजकर्ता अम्बिका बेल्वासेले बताइन् । सहभागीहरूलाई वैदेशिक रोजगारीसँग सम्बन्धित वित्तीय व्यवस्थापन, बचत तथा लगानीका उपाय, साथै मनोसामाजिक समस्या पहिचान र समाधानका विषयमा जानकारी प्रदान गरिएको मनोसामाजिक परामर्शकर्ता शकुन्तला ढकालले बताइन् ।

कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष अश्वीन पौडेल, कार्यपालिका सदस्य रबी सेन्चुरी, वडा सदस्य भुपाल सिंह छन्तेल लगायतको उपस्थिति रहेको थियो । उपस्थित जनप्रतिनिधिहरूले सुरक्षित आप्रवासनसम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको महत्व औंल्याएका थिए ।

कार्यक्रमले स्थानीय समुदायमा वित्तीय अनुशासन कायम गर्न र मनोसामाजिक सुदृढीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको सामी वित्तीय साक्षरता सहजकर्ता अम्बिका बेल्वासेले बताएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?