© 2026
चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकस क्षेत्रमा गए राति बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
राति करिब २ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ २ ख ४३७६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका मध्ये केहीलाई चन्द्रौटास्थित आधाभुत अस्पताल र सजिवनी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने २ जना सजिवनी अस्पतालमा उपचाररत रहेका छन् । अन्य घाइतेहरूको अवस्था सामान्य रहेकोले उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको छाडा चौपाया जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।