Butwal Today

रुग्ण आयोजना सरकारको प्राथमिकतामा

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरु गर्नुभन्दा वर्षौंदेखि रुग्ण रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन ।

आज जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको छलफलमा रुग्ण आयोजना वर्गीकरण तिनलाई यथाशक्य चाँडो पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले मन्त्रीस्तरीय निर्णय तत्काल हुने अन्य तहबाट पनि जिम्मेवारीअनुसार परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए । उनले भने, “चालु आवको बाँकी तीन महिनामा जनताले सुधारको अनुभूति गर्ने र परिणाम देखिने गरी सबै मिलेर काम गरौं ।”

वित्तीय, शासकीय तथा संरचनागत सुधारका सम्भावनाबारे सहकार्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले क्षमता, सीप र बजेटको अधिकतम उपयोगमार्फत लक्ष्य हासिल गर्नुपर्ने बताए । जलस्रोत सचिव सरिता दवाडीले आयोजनाहरू जग्गा प्राप्ति, रुख कटानलगायत समस्याबारे जानकारी दिँदै राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

हाल बबई, सिक्टा, रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालगायत छ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् । सिँचाइ विभागले २१५ वटा ठेक्कामार्फत विभिन्न आयोजना निर्माण गरिरहेको छ । समस्याग्रस्त ३३ ठेक्कामध्ये २२ वटा रद्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?