Butwal Today

भ्रष्टाचार मुद्दामा महरा अख्तियारले भेटेका ५ कनेक्सन

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ । विधुतिय  चुरोट भेप भित्र सुन लुकाएर ल्याउने अन्तर्राष्ट्रिय गिरोहसँगको साँठगाँठ पूर्वसभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराका लागि राजनीतिक रूपमै महँगो सावित भएको छ। लामो समय शक्तिको आडमा जोगिँदै आएका महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको राजनीतिक करिअरमै गम्भीर धक्का लागेको हो।

अख्तियारले विशेष अदालतमा बुझाएको अभियोगपत्रमा महराको ुकनेक्सनु नेपालमा मात्र नभई चीन, भारत र बेल्जियमका सुन तस्करहरूसँग भएको उल्लेख छ। भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक ली हाङ सोङ, दाओजिन वाङ, बेल्जियमका दावा छिरिङ र भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले डिक्स्टेरसँग महराको ‘नेक्सस’ देखिएको हो।

अख्तियारको अनुसन्धान निष्कर्ष अनुसार महरा र सुन तस्करबीचको कनेक्सन देखिने मुख्य बुँदा यस्ता छन्

१. दुई सय ५६ पटकभन्दा बढी टेलिफोन संवादस् पूर्वसभामुख महरा र चिनियाँ तस्कर दाओजिन वाङबीच निकै बाक्लो सम्पर्क भएको देखिएको छ। महराले प्रयोग गर्ने मोबाइल नम्बर र वाङको नम्बरबीच २ सय ५६ पटकभन्दा बढी टेलिफोन संवाद भएको कल डिटेल रेकर्ड सीडीआरबाट पुष्टि भएको छ। यसलाई अख्तियारले उनीहरूबीचको गहिरो सम्बन्धको प्रमाण मानेको छ।

२. सुन छुटाउन भन्सारमा दबाब २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भन्सारले समातेपछि उक्त सामान छुटाउन महरा बाबुछोराले नै दबाब दिएको अनुसन्धानमा देखिएको छ। महराले तत्कालीन भन्सार प्रमुख मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर त्यो सामान भेप हाम्रै चिनियाँ साथीको हो, के गर्न मिल्छ हेरिदिनूु भन्दै छुटाउन पहल गरेको अख्तियारको दाबी छ।

३. छोरा राहुलको प्रत्यक्ष संलग्नता महराका छोरा राहुल रेशम महराको चिनियाँ नागरिक वाङसँग प्रत्यक्ष आर्थिक र व्यावसायिक सम्बन्ध देखिएको छ। वाङले नेपालमा गर्ने अवैध कारोबारमा महरा परिवारल राजनीतिक संरक्षणु प्रदान गरेको र राहुलले भेपको लिलामी प्रक्रिया मिलाउन समेत सक्रियता देखाएको अभियोग पत्रमा उल्लेख छ।

४. चिनियाँ तस्करसँगको खानपिन र भेटघाटस् अनुसन्धानका क्रममा सार्वजनिक भएका तस्बिर र दाओजिन वाङको बयानले महरा र वाङबीच नियमित भेटघाट र खानपिन हुने गरेको देखाउँछ। वाङले नेपालमा सुन तस्करीको सेटिङ मिलाउन महराको राजनीतिक ओहोदा र शक्तिको दुरुपयोग गरेको आयोगको निष्कर्ष छ।

५. राजनीतिक र कानुनी संरक्षण सुन जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरे पनि सुरुमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट उनी जोगिएका थिए। तर, अख्तियारको अनुसन्धानले महराले आफ्नो पदको दुरुपयोग गरी चिनियाँ, भारतीय र बेल्जियमका तस्करहरूलाई सहयोग पुर्‍याएको तथा तथ्य लुकाउन खोजेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा पुर्‍याएको हो।

तीन देशका विदेशीसहित महरा बाबु छारो विरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो माग गरेको छ। अब मुद्दा विशेष अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?