Butwal Today

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र, २१ गतेबाट पठनपाठन सुरु

२६ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने भएको छ भने विद्यालयहरूमा नियमित पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र का अनुसार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै शैक्षिक सत्रको समयतालिका परिवर्तन गरिएको हो।

केन्द्रले देशभरका विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना र शैक्षिक कार्यतालिका तयार गर्न निर्देशन दिएको छ। साथै, विद्यालय सुधार योजना निर्माण, शिक्षकको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

यसअघि सरकारले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्दै आएको थियो। निजी विद्यालयहरूले भने त्यसअघि नै भर्ना प्रक्रिया सुरु गर्ने गरेका थिए। अबदेखि भने सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा शैक्षिक सत्र सुरु हुने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?