© 2026
संयुक्त राष्ट्र सङ्घले सन. २०१३ देखि हरेक वर्षको अप्रिल ७ लाई अन्तर्राष्ट्रिय खेलकुद दिवसका रूपमा मनाउँदै आएको छ । १३ वर्ष भैसकेको छ खेलकुद दिवस औपचारिक रूपमा मनाउन थालेको छ ।
खेलकुदमार्फत शान्ति, विकास, सहिष्णुता र सहकार्यको भावना फैलाउने यसको पवित्र उद्देश्य हो । तर, आज विश्व यस विपरीत गएको छ । विश्व शान्तिका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ ।
खेलकुदकै माध्यमबाट विकासको सुरुवात समेत हुने गरेको पाउँछौँ । भारत सरकारले यही भएर हरेक सहरमा ठुला स्टेडियम बनाएको छ । जसबाट विकासमा ठुलो योगदान पुगेको छ ।
गएको टी २० विश्वकप भारतका विभिन्न सहरमा सम्पन्न भए । यसको अर्थ खेलकुदले विकासलाई जोड्न सफल भयो । त्यो सहरको गरिमा वृद्धि भयो । त्यही भएर भारत सरकारले हरेक सहरमा ठुला स्टेडियम बनाएको छ ।
जहाँ विश्वकप हुने गरेको छ । अर्कोतर्फ मानिसलाई स्वास्थ्य हुन खेल अर्थात् व्यायाम जरुरी छ भन्ने सन्देश पनि खेलकुद दिवसले दिएको छ । यस प्रकारका प्रतियोगिताले एकातर्फ खेलको महत्वलाई उजागर गर्न महत्त्वपूर्ण सहयोग पुग्छ भने अर्कोतर्फ खेलबाट समाजको जीवनलाई पनि जोड्न मद्दत पुग्छ । खेलको विशेषता हो ‘नियम र अनुशासन’ ।
यो खेलकुदको क्षेत्रमा मात्रै लागू हुँदैन । जीवनलाई एउटा स्पष्ट दिशामा अघि बढाउन पनि खेलकुद सार्थक गन्तव्य बन्न सक्छ । तर, नेपालमा भने खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन अझै पनि सकिरहेको छैन ।
तिन वटै तहका सरकारले खेल क्षेत्रको विकासमा खासै ध्यान दिएका छैनन् । खेल पूर्वाधारसमेत उचित संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेका छन् । अहिले खेलाडी उत्पादन, खेल मैदानको पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र खेल प्रतियोगिता आयोजनामा धेरै कमी भएको छ । नयाँ खेलाडी उत्पादन र प्रोत्साहनको खाँचो छ ।
खेल प्रतियोगिता सञ्चालनमा राज्यको भन्दा निजी क्षेत्र धेरै अगाडि देखिएको छ । क्लवहरूले खेलकुदको गौरब धानिरहेका छन । नेपालमा पर्याप्त अवसर नहुँदा खेलाडीहरू विदेश पलायन हुन बाध्य भैरहेका छन । सरकारले खेलाडीलाई नेपालमै रोजगारीको अवसर दिन नसक्नु बिडम्वना कै बिषय हो । यसतर्फ नेपाल सरकारको ध्यान जानु जरुरी छ ।
खेलबाट समाजको जीवनलाई पनि जोड्न मद्दत पुग्छ । जीवनलाई एउटा स्पष्ट दिशामा अघि बढाउन पनि खेलकुद सार्थक गन्तव्य बन्न सक्छ । त्यसैले अवको दिनमा नयाँ खेलाडी उत्पादन र प्रोत्साहनको खाँचो छ । पछिल्लोसमय नेपालको क्रिकेट र फुटवलले अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख जोगाउने प्रयास गरेको छ ।
क्रिकेट र फुटवलमा पनि युवा खेलाडीले उत्साह भरेका छन् । महिला खेलाडीहरूको संख्या पनि बढिरहेको छ । खेलकुद क्षेत्रका गतिविधि बढ्दै गएका छन । यसमा राज्यको सहयोग र प्रोत्साहनको खाँचो छ ।
सरकारले सवैभन्दा पहिले खेलाडी विदेश पलायन रोक्ने काम गर्नुपर्दछ । खेलाडीलाई प्रोत्साहन गर्नेतर्फ जोड दिनु जरुरी छ । खेलकुद क्षेत्रले नै हो नेपालको नाम विश्वमा चिनाउने । तसर्थ खेल दिवसको अवसरमा खेल क्षेत्र र खेलाडीमाथि अहिलेसम्म गरिएको बेवास्ता अव नहोस् ।
अवको दिनमा खेल क्षेत्रको विकास गर्ने हो भने नेपालका तीनवटै सरकारले खेल क्षेत्रमा ठुलो लगानी गर्नुपर्दछ । अहिले खेल क्षेत्र सुस्ताएको मात्र होइन खेलाडीहरू बिदेश पलायन हुन बाध्य भैरहेका छन् । सरकारले सवैभन्दा पहिले खेलाडी विदेश पलायन रोक्ने काम गर्नुपर्दछ । खेलाडीलाई प्रोत्साहन गर्नेतर्फ जोड दिनु जरुरी छ ।
अव क्रिकेटमात्र होइन फुटवल, भलिवल लगायत खेलका थुप्रै विधाको निरन्तरतामा तीनवटै राज्यको ध्यान पुगोस् । बिडम्वना के छ भने नयाँ सरकारले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा कुनैपनि कार्यक्रम गरेन ।
खेलाडीलाई सम्मानको त टाढाको कुरा औपचारिक कार्यक्रम समेत भएन । आगामी दिनमा नयाँ सरकारको पुरानो पारा नहोस् ।