© 2026
काठमाडौँ ।
राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिइन ।
उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरेर सो जानकारी दिएकी हुन् । नेकपा (एमाले) बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य थिइन । उनी यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।