© 2026
काठमाडौं-सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले आह्वान गरेको बताइन्।
‘विद्युतीय सवारीको प्रयोग बढाउन र वर्क फर्म होमका लागि सरकारले आह्वान गरेको छ, आवश्यक परे जोर बिजोर प्रणाली पनि लागू हुनेछ,’ उनले भनिन्।
पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।