© 2026
लमही । दाङको राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा ट्याक्टरहरू नियन्त्रणमा लिएकाे छ ।
प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा राप्ती नदीकाे कटहाघाट क्षेत्रबाट १८ वटा ट्याक्टर र चालक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
रातकाे समयमा राप्ती नदीकाे राप्ती गाउँपालिकाकाे क्षेत्रबाट अबैध रूपमा नदीजन्य पदार्थ ओसारपसार तथा दुवानी भईरहेकाे भन्ने सूचनाका आधारमा भालुवाङ प्रहरीले पछिल्लाे समय आक्रमक रूपमा तस्करहरू नियन्त्रणमा लिने अभियान शुरू गरेकाे छ ।
नदीजन्य पदार्थ चाेरी तस्करीलाई नियन्त्रण गर्न पछिल्लो समय भालुवाङ प्रहरी आक्रमक रूपमा उत्रिएकाे छ । जसकाे फलस्वरूप मंगलबार बिहान साढे ४ बजेकाे समयमा एकै ठाउँबाट एकै समयमा ठुलाे संख्यामा नदीजन्य पदार्थ ओसारपसार गरिरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
यसरी पक्राउ पर्ने टेक्टरहरूमा लु २ त ७४३२, लु २ त ८०६५, रा १ त २१४५, रा १ त २५८२, रा १ त ४१९४, रा १ त ३९७५, रहेका छन । त्यसै गरि लु ३ त ८९७०, रा १ त ४८३७, लु २ त ६९९२, लु ४ त १९८८, ना ७ त ४६५४, लु ३ त ८१२३, लु ३ त ६१६०, लु १ त ६९१५, लु ३ त १६१०, लु ४ त ५३३२, लु ३ त २१८१ र लु ४ त ४९२८ रहेका छन् ।