Butwal Today

शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना नलिन र भर्ना बापत शुल्क नउठाउन शिक्षा मन्त्रालयको निर्देशन

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै भर्ना नलिन र भर्ना बापत शुल्क समेत नउठाउन निर्देशन दिएको छ।

मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने विद्यालयहरूमाथि कडा निगरानी राख्न र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

केही निजी तथा सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको र अग्रिम शुल्क असुल गरेको गुनासो आएपछि मन्त्रालयले नियमन गर्न भनेको हो।

शिक्षा नियमावली २०५९ को परिच्छेद १५ बमोजिम शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न पाइने छैन त्यसको कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।

विद्यालयहरूले स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिएको, तोकिएको भन्दा बढी शुल्क लिएको र एउटै विद्यालयमा पटक–पटक भर्ना शुल्क लिएको प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कानुनीविपरीत अग्रिम शुल्क लिएको भए, त्यस्तो शुल्क तत्काल फिर्ता गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?