Butwal Today

वालेन्द्रले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज दिउँसो १२:३० बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । बैठकको एजेन्डा र विषयवस्तुबारे जानकारी दिइएको छैन । गृहमन्त्री सुधन गुरुङ रोशीखोला र वीपी राजमार्गको अवलोकनमा जाने भनिएकोमा मन्त्रिपरिषदको बैठकका कारण उनको रोशी जाने कार्यक्रम पर सरेको छ।

गुरुङ बैठक सकेर मात्रै निरीक्षणमा जाने उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?