Butwal Today

ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र सर्वोच्चको आदेश

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ ।

न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।

सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´

भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?