Butwal Today

पर्यटकको रोजाइको केन्द्र बन्दै कोइलाबास

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

दाङ । 

दाङको कोइलाबास पछिल्लो समय सबैको रोजाइको केन्द्र बनेको छ । नेपाल र भारतको सिमानामा पर्ने कोइलाबास घुम्नका लागि नेपाल र भारतका नागरिक आउने गरेका छन् । कुनै समय बाबू बाजेले नुन र तेल बोक्ने गरेको कोइलाबास अहिले घुमघामको स्थल बनेको हो ।

दाङको लमही देखि दक्षिणको बाटो गढ्वा गाउँपालिका ९८ मा पर्ने कोइलाबासमा पक्की बाटो पुगेकाले यात्रा सहज रहेको छ । घोराही उपमहानगरपालिका ९१५ का ऋषि अधिकारी यही साता कोइलाबास घुम्न पुगे । उनले कोइलाबासको बारेमा सुनेको तर देख्न नपाएको बताए ।  दाङ र भारतको सिमाना भन्ने सम्म थाहा थियोे  देख्न पाएको थिइन्, उनले भने ,ूरमाइलो स्थान रहेछ। पानीको सुविधा पुगेको रहिछ। कोइलाबासको झोलुङ्गे पुल, भ्यु टावर र इस्काइ साइक्लिङ साह्रै रमाइलो लाग्यो,ू  । खोलामा पानीको सतह घटेको रहिछ  स्काइ साइक्लिङ ओहोरदोहोर गर्दा धेरै रमाइलो लाग्यो ।

घोराही ९१५ कि शान्ता शर्मा पनि कोइलाबास घुम्न आएको बताइन् । नाम सुनेको ठाउँ नदेखेकोले कस्तो होला भन्ने लागेको थियो राम्रो रहिछ । बस्ती पातलो रहिछ। बाटोको सुविधा राम्रो भएकाले सजिलोसँग पुगियो । पुर्खाले रोपेका बोटबिरुवा धेरै ठुला ठुला भएका रैछ्न। रमाइलो र सुन्दर ठाउँ लागेको उनले बताइन् ।

साइक्लिङ  यात्रा गर्दै भेटिएका भारतको गोण्डा घर भएका असीर गुप्ता साथीहरूसँग कोइलाबास घुम्न आएको बताए । यहाको पहाड र चिसो हावाले मनै लोभ्याउने रहिछ, उनले भने । गर्मीको समयमा भारतमा धेरै गर्मी हुन्छ, नेपाल धेरै शीतल रहेछ । साथीहरूले सल्लाह गरे, मोटरसाइकलमा नेपालको कोइलाबास हेर्न आएका छौ, उनले भने । जीवनमा  पहिलो पटक स्काइ साइक्लिङको अनुभव गरेको उनले सुनाए । उनले भने, ‘सुरुमा कसरी खेल्ने होला भन्ने लागेको थियो, पछि वारपार गर्दै गर्दा रमाइलो लाग्यो ।’ वारपार गरेको भारतीय १ सय रुपैयाँ लाग्ने रहिछ ।

पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइक्लिङ सबैको आकर्षणको केन्द्र बनेको छ । अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइक्लिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ३३ किलोमिटर दूरीमा कोइलाबास पुगिन्छ । साइक्लिङमा दुई वटा ट्र्याक छ । एउटा ट्र्याकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ ।

दुईतर्फी एक सय ४० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ ।

सहज यातायातको व्यवस्था हुँदा पर्यटकलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । स्काइ साइक्लिङले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत योगदान गर्नेछ । कोइलाबास पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र स्काइ साइक्लिङ बन्ने विश्वास स्थानीयको छ ।

भारतबाट आउने अधिकांश पर्यटक कोइलाबासमा रहेको स्काइ साइक्लिङमा आकर्षित हुने गरेका छन् । विगत दुई वर्ष अघिबाट सुरु भएको स्काइ साइक्लिङमा रमाउनेमा नेपाली र भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

कोइलाबासमा स्काइ साइक्लिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइक्लिङ गर्ने गरेका छन्  । गढवा गाउँपालिका –८ का वडाध्यक्ष खालिक सिद्दिकिले स्काइ साइक्लिङमा  सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताए  । उनले भने ,भारतका नागरिक दैनिक जसो आउनुहुन्छ भने नेपाली नागरिक बिदाको दिनमा धेरै आउने गर्नुहुन्छ।  यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइक्लिङको अनुभव लिएर मात्रै जाने गरेको उनले बताए  ।
भारतका विभिन्न सहर तुलसीपुर, बलरामपुर, पाट्न, हरैया र  सिरसिया लगायतबाट आउने पर्यटक कोइलाबासमा रहेको स्काइ साइक्लिङमा रमाउने गरेका छन्  ।

वडा कार्यालयको करिब २७ लाख लागतमा कोइलाबासमा स्काइ साइक्लिङ सञ्चालनमा ल्याइएको हो । राप्तीको प्रवेशद्वारको रूपमा  कोइलाबास नाका प्रचलित छ । पछिल्लो पटक चहलपहल बढ्न थालेको  भग्नावशेष रहेको कोइलाबासमा घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काइ साइक्लिङ बनेको छ ।

स्काइ साइक्लिङ गर्नेहरू ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन्  । स्काइ साइक्लिङले समग्र कोइलाबास नाका र पर्यटकीय क्षेत्रको विकासमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?