Butwal Today

स्थानीयसँग सहमतिपछि उठ्न थाल्यो बुटवलको फोहोर

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

बुटवल । स्थानीयको अवरोधका कारण केही दिनदेखि उठ्न नसकेको बुटवलको फोहोर व्यवस्थापन पुन: शुरु भएको छ। आइतबार बिहान बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले स्थानीयसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि फोहोर व्यवस्थापन शुरु भएको हो।

बिहान ८ बजे एकैसाथ करीब २५ गाडी फोहोर बुटवल ११ स्थित सिरान गाउँ मजुवामा फोहोर बोकेका गाडी पुगेका थिए।

बुटवल उपमहानगरपालिकाका वडाध्यक्षहरु नरिश्वर शर्मा, हरिप्रसाद श्रेष्ठ, रामचन्द्र क्षेत्री, लोकनाथ न्यौपाने, वडा सदस्यहरु, महाशाखा प्रमुख तुलसा अर्याल र नगर प्रहरी तथा नेपाल प्रहरीको टोली सिरान गाउँ मजुवामा पुगेका थिए।

सो क्षेत्रको विकास र प्रभावित क्षेत्रमा फोहोर व्यवस्थापनका लागि छुट्याइएको बजेट सम्बन्धित क्षेत्रमै खर्च नभएको पाइएकोले तोकिएकै काममा लगाउने गरी स्थानीयसँग प्रतिवद्धता जनाइएको वडाध्यक्ष नरिश्वर शर्माले बताए। केही स्थानीय व्यक्तिहरुका कारण प्रभावित क्षेत्रमा बजेट खर्च नभएकाले सो बजेट सम्बन्धित क्षेत्रमै खर्च गर्ने गरी सहमति भएको उनले बताए।

वडाध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयको माग पूरा गर्ने सहमतिपछि फोहोर व्यवस्थापनको काम अघि बढेको बताए।

बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?