© 2026
गण्डकी । फेवाताल किनारामा मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ।पोखरा महानगरपालिकाले आज नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गर्दै सेदि देखि खपौदीसम्म रहेका ३२ वटा अवैध टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए।
महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै मापदण्डविपरीत संरचना हटाइएको जनाएको छ। यसअघि पहिलो चरणमा ६५ मिटर सीमा क्षेत्रमा पिल्लर गाड्ने काम सम्पन्न गरिएको पनि जानकारी दिइएको छ।
नवगठित सङ्घीय सरकारले समेत फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषयलाई प्राथमिकताका साथ समेटेको छ।