© 2026
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका क्रममा हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन्। उनका अनुसार युद्धका कारण असहज अवस्थामा रहेका नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय आफू असुरक्षित रहेको भन्दै सम्पर्क गर्ने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको छ। साथै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन गरिसकिएको पनि मन्त्रालयले जनाएको छ।
यस्तै, कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले हाल कुवेतमै बसिरहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए।