© 2026
लमही ।
दाङमा एक किशोरको शव फेला परेको छ । राप्ती गाउँपालिका–२ निवासी १६ वर्षीय स्मित प्रधानको शव वडा नं. ४ कटेसनाला नजिक फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए ।
प्रहरीलाई घटनाबारे दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । मृतक व्यक्तिको शरीरमा घाउ चोट लागेको हुँदा हत्या गरिएको आशङ्का गरिएको छ ।
यस्तै एक व्यक्ति घाइते अवस्थामा भेटिएका छन् । सोही ठाउँ निवासी १६ वर्षीय आयुष्मान थापा घाइते भएको र उनको उपचार चलिरहेको छ ।