© 2026
लुम्बिनी । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आगामी चैत २२ गते आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुखको निर्देशनमा उक्त बैठकको समय निर्धारण गरिएको हो।
प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम सदस्यहरूलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको सचिवालयले जनाएको छ।