Butwal Today

अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गर्‍यो

२० चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३:०८४ को बजेट तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ। राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिका सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।

समितिलाई आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। त्यसैगरी नयाँ आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा बजेट वक्तव्यको मस्यौदा तयार गरी पेस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?