Butwal Today

बादलको अभिव्यक्तिप्रति पौडेलको आपत्ति, एमाले सचिवालय बैठकमा छलफल हुने

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको बैठकमा पार्टीका दल नेता रामबहादुर थापा बादलले व्यक्त गरेको धारणा पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको बताएका छन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाको अभिव्यक्तिप्रति असहमति जनाएका हुन्। उनले उक्त विषयमा भोलि आयोजना हुने एमाले केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने र उचित निर्णय हुने अपेक्षा व्यक्त गरेका छन्।

पार्टीभित्रैबाट आएको प्रतिक्रिया अनुसार थापाको अभिव्यक्ति औपचारिक धारणा नभएको र यस विषयमा गम्भीर समीक्षा आवश्यक रहेको जनाइएको छ। स्रोतका अनुसार बैठकमा थापाको अभिव्यक्तिको सन्दर्भमा पार्टीको आधिकारिक धारणा र अनुशासनसँग सम्बन्धित विषय भएकाले सचिवालयले आवश्यक निर्णय लिने बताइएको छ। एमालेभित्र पछिल्ला घटनाक्रमले आन्तरिक छलफल र समन्वयको अभाव देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?