© 2026
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले आफूहरूले जनमतलाई सदूपयोग गर्न नजानेको र त्यसबाट शिक्षा लिएर अगाडि बढ्न रास्वपालाई आग्रह गरेका छन्।
संसद बैठकलाई पार्टीको तर्फबाट सम्बोधन गर्दै पुनले आफूहरूले पनि अहिले रास्वपाले जस्तै झण्ड दुईतिहाई मत प्राप्त गरेको तर त्यसको सदूपयोग गर्न नसकेको स्वीकार गरे।
आफूहरूको त्यही कमीलाई शिक्षाकारुपमा लिएर अगाडि बढ्न उनले रवि (सभापति रवि लामिछाने) र बालेन (प्रधानमन्त्री वालेन्द्र शाह)को नाम लिँदै रास्वपालाई आग्रह गरेका हुन्।
‘हामीले २०६४ साल र २०७४ सालमा यस्तै बहुमत ल्याएका थियौँ। तर हामीले त्यसलाई सदूपयोग गर्न जानेनौँ। सकेनौँ। यस्ता हाम्रा कमीहरूलाई शिक्षा लिएर यो पार्टीलाई, यो देशलाई अगाडि लैजाने गर्नुस्’, उनले भने ‘हामी राष्ट्र निर्माणका लागि तपाईंहरूलाई सहयोग गर्न तयार छौँ।’