Butwal Today

प्रतिनिधि सभामा चैत २२ गतेभित्रै सभामुख

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं-प्रतिनिधि सभाले चैत २२ गतेभित्रै सभामुख पाउने भएको छ।

बुधबार बसेको सर्वदलीय बैठकले प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्न महासचिवलाई जिम्मेवारी दिने सहमति जुटाएको हो।

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ।

बैठकलगत्तै फागुन २० गते सभामुखको पदमा उम्मेदवारी दिने कार्यसूची तय भएको छ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ सिटसहित पहिलो दलको हैसियतमा छ।  उसले बनाएको उम्मेदवार स्वतः चयन हुने सुनिश्चित छ।

रास्वपाले उपसभापति समेत रहेका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?