Butwal Today

बुटवल, तुलसीपुर र घोराहीमा सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइए

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल । संघ सरकारले लुम्बिनी प्रदेशका तीन वटा उपमहानगरपालिकामा सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।  उपसचिवस्तरका कर्मचारीबाट प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह हुँदै आएकोमा सरकारले यसपटक सहसचिवस्तरकै कर्मचारी पठाएको हो।

यसअघि संघ सरकारले सहसचिवस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएपनि सहसचिव स्तरका कर्मचारीले अनेक बहाना देखाउँदै कार्यस्थलमा खटिएका थिएनन्।

बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा दीपक ज्ञवालीलाई पठाएको छ। ज्ञवाली यस अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा सह-सचिव थिए ।

त्यस्तै  तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई  काजमा खटाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?