Butwal Today

संसद्को पहिलो बैठकका ५ कार्यसूची , चैत २२ मा सभामुख निर्वाचन

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं । फागुन २१ को निर्वाचन पछि बनेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकका लागि पाँच बुँदे कार्यसूची तय गरिएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आगामी बैठकका कार्यक्रमहरूतय गरेको हो।

बैठकमा पहिलो दिन अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ। सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्नेछन्। परम्पराअनुसार पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ।

सर्वदलीय सहमतिअनुसार प्रतिनिधिसभाको सभामुख निर्वाचन चैत २२ गते हुने तय भएको छ भने मनोनयन दर्ता चैत २० गते हुनेछ। यदि एक मात्र उम्मेदवारी परेमा निर्विरोध निर्वाचित घोषणा गरिनेछ, अन्यथा बहुमतका आधारमा मतदान प्रक्रिया अघि बढाइनेछ। बैठकले नयाँ नियमावली नबन्दासम्म पुरानै प्रतिनिधिसभा नियमावलीअनुसार काम गर्ने निर्णय पनि गरेको छ, जसको अनुमोदन पहिलो बैठकबाट गरिनेछ।

यसैगरी, अघिल्लो सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू संसद्मा टेबुल गरिने कार्यसूचीमा समावेश गरिएको छ। संविधानअनुसार अध्यादेश संसद्मा पेस नभए ६० दिनपछि स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ।

बैठकका ५ कार्यसूचीहरु

१.अधिबेशन आह्वान सम्बन्धी सूचना वाचन ।
२.शिर्ष नेताहरुको शुभकामना सम्बोधन ।
३.सभामुखको निर्वाचन तालिका प्रस्तुत।
४.पुरानै नियमावली अनुसार काम गर्नु नयाँ नबन्दा सम्म ।
५.तीन अध्यादेश टेवुल गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?