Butwal Today

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।  युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई  यसमा समाहित गर्नुपर्ने बताएका छन्  ।

राष्ट्रिय खेलकुद परिषद्ले उहाँको सम्मान आज यहाँ  आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताए ।

खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्थालगायत परिषद्का गतिविधिबारे जानकारी गराए ।

त्यसअघि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा  निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्रको निरीक्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?