Butwal Today

लुम्बिनीमा बालश्रम मुक्त घोषणा कार्यविधि सम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

श्रम तथा रोजगारसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तहका १ देखि १३ वडाका अध्यक्ष र होटल व्यवसायिक प्रतिनिधि, तथा सरोकारवाला व्यक्तिहरूको सहभागितामा श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले बालश्रम अन्त्य गर्नु राज्यको मात्र नभई समाजका सबै तह र वर्गको साझा दायित्व भएको उल्लेख गरीन। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक रहेको बताईन । “बालश्रमकोअन्त्यबिनासमृद्धसमाज निर्माण सम्भव छैन,” उनले भनीन ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रलाई बालश्रम मुक्त घोषणा गर्न आवश्यक पूर्वाधार तयार पार्न, तथ्यांक संकलन गर्न तथा समुदायमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले बालश्रमको जोखिममा रहेका बालबालिकाको पहिचान गरी पुनर्स्थापना र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा प्रमुख राम सुन्दर थापाले व्यावसायजन्य सुरक्षा विभागका प्रतिनिधिले कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि कानुनी प्रावधान, अनुगमन प्रणाली तथा सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताए । उनले स्थानीय तहले स्पष्ट कार्ययोजना बनाएर अघि बढेमा बालश्रम अन्त्य गर्ने लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे ।

बालश्रमका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा पर्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै यस विरुद्ध एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले समुदायस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्दै बालश्रम उन्मूलनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
अन्त्यमा, कार्यक्रमले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

कार्यक्रममा स्थानिय जानप्रतिनिधि, महिला आमा समुह, युवा समाजसेवी, बुद्धजीवी, सुरक्षा निकाय पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?