© 2026
काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउन सर्वदलीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू समेटिने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार कार्यदलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गर्नेछन्। असिम शाह पूर्व प्रतिनिधिसभा सदस्य समेत हुन्।
सरकारले संविधान संशोधनको विषयमा साझा धारणा निर्माण गर्न र आवश्यक सुझाव संकलन गर्न यो कार्यदल गठन गरिएको जनाएको छ। कार्यदलले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी संशोधनका सम्भावित विषयहरूमा बहस पत्र तयार गर्नेछ।