Butwal Today

एमाले लुम्बिनीकी सांसद रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ ।

बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

शर्माविरुद्ध यसअघि २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?