काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका हुन।
शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदै छ ।