Butwal Today

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अङ्कको गिरावट

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ ।

सोमबार नेप्से परिसूचक ४७ दशमलव ७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।

यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?