Butwal Today

निर्वाचन परिणाम: आफ्नै वडामा को बलियो ?

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

रोल्पा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पाबाट विभिन्न दश दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जसमा ९ जना उम्मेदवार रोल्पावासी हुँदा १ जना भने जिल्ला बाहिरका थिए ।

सो निर्वाचनमा प्रतिस्पर्धा गरेका मध्ये पाँच उम्मेदवारले आफ्नै वडामा प्रतिस्पर्धी उम्मेदवार भन्दा कम मत प्राप्त गरेका छन् भने चार उम्मेदवारले आफ्नो वडामा सबभन्दा बढी मत प्राप्त गरेका छन् ।

वडामा सबभन्दा बढी मत प्राप्त गर्नेमा नेकपा एमालेका उम्मेदवार गोकुल घर्तीमगर, नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका वालाराम थापा र नेकपा माओवादीका चूडामणि वली रहेका छन् ।

रोल्पा नगरपालिका वडा नं. ७ माडीचौरका स्थायी बासिन्दा रहेका वर्षमान पुन नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका थिए । कुल सदर मत ८६१ रहेको सो वडामा वर्षमान पुनले ६१६ मत प्राप्त गरेका थिए । सो वडामा नेपाली काँग्रेसले ६५ मत, नेकपा एमालेले ५० मत, रास्वपाले ९० मत, नेकपा माओवादीले ३३ मत राप्रपा र राजमोले २/२ मत प्राप्त गरेका थिए ।

परिवर्तन गाउँपालिका वडा नं. ६ का स्थायी ठेगाना भएका सुदनकुमार वली नेपाली काँग्रेसबाट उम्मेदवार वनेका थिए । कुल सदर मत ५७१ रहेको सो वडामा सुदनकुमार वलीले २२२ मत प्राप्त गरेका थिए ।

सो वडामा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद घर्तीमगरले ४७ मत प्राप्त गरेका थिए । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुनमगरले २४७ मत प्रापत गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालाराम थापाले १३ मत प्राप्त गर्दा नेकपा माओवादीका उम्मेदवार चूडामणि वलीले ३७ मत प्राप्त गरेका थिए ।

सो वडामा राप्रपाका अम्मरवहादुर थापाले ३ मत र राजमोका मेखनाथ विष्टले १ मत प्राप्त गरेका थिए । त्रिवेणी गाउँपालिका वडा नं. ७ का स्थायी बासिन्दा रहेका गोकुलप्रसाद घर्तीमगर नेकपा एमालेको उम्मेदवार वनेका थिए ।

कुल सदर मत १५७४ रहेको सो वडामा गोकुलप्रसाद घर्तीमगरले ७४१ मत प्राप्त गरेका थिए । सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ४६४ मत प्राप्त गरेका थिए ।

सो वडामा रास्वपाका उम्मेदवारले २२७ मत प्राप्त गरेका थिए । सो वडामा नेकपा माओवादीका उम्मेदवारले ३१ मत प्राप्त गरेका थिए । सो वडामा राप्रपाले ३ र राजमोका उम्मेदवारले २ मत प्राप्त गरेका थिए ।

सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा वालाराम थापा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार वनेका थिए । कुल ९१३ सदर मत रहेको सो वडामा वालाराम थापाले ४३५ मत प्राप्त गरेका थिए ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले ७० मत, नेकपा एमालेका उम्मेदवारले ३५ मत प्राप्त गर्दा नेकपा माओवादीका उम्मेदवारले १३ मत प्राप्त गरेका थिए । सो वडामा राप्रपाले १३ र राजमोले ५ मत प्राप्त गरेका थिए ।

गंगादेव गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा चूडामणि वली नेकपा माओवादीको तर्फबाट उम्मेदवार वनेका थिए । कुल १०६० सदर मत रहेको सो वडामा चूडामणि वलीले ४४४ मत प्राप्त गरेका थिए ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले २१४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारको पक्षमा १८२ मत आएको थियो । सो वडामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको पक्षमा २१४ मत आएको थियो ।

सो वडामा रास्वपाका उम्मेदवारले १३१ मत प्राप्त गरेका थिए । राप्रपाका उम्मेदवारले ९ मत प्राप्त गर्दा राजमोका उम्मेदवारको पक्षमा ३ मत आएको थियो ।

लुंग्री गाउँपालिका वडा नं. ५ स्थायी ठेगाना भएका अमर बहादुर थापा राप्रपाको तर्फबाट उम्मेदवार वनेका थिए । कुल ९३९ सदर मत रहेको सो वडामा राप्रपाका अमरबहादुर थापाले ७५ मत प्राप्त गरेका थिए । सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले १६६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार १६६ मत प्राप्त गरेका थिए ।

सो वडामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ३५० मत प्राप्त गरेका थिए । सो वडामा रास्वपाका उम्मेदवारको पक्षमा १६८ मत आएको थियो । नेकपा माओवादीका उम्मेदवारको पक्षमा ५ मत आउँदा राजमोका उम्मेदवारले ७ मत पाएका थिए ।

सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका मेघनाथ विष्ट राजमोको तर्फबाट उम्मेदवार वनेका थिए । कुल ११८९ सदर मत रहेको सो वडामा राजमोका उम्मेदवार मेघनाथ विष्टले ५१ मत प्राप्त गरेका थिए ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले ३६८ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेका उम्मेदवारको पक्षमा ८३ मत आउँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको पक्षमा ३३० मत आएको थियो ।

सो वडामा रास्वपाको उम्मेदवारको पक्षमा २९९ मत आएको थियो । सो वडामा नेकपा माओवादीका उम्मेदवारले ४ मत र राप्रपाका उम्मेदवारले ५३ मत प्राप्त गरेका थिए ।

सुनछहरी गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका मनबहादुर घर्तीमगर मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट उम्मेदवार वनेका थिए । कुल ५७४ सदर मत रहेको सो वडामा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार मनबहादुर घर्तीमगरको पक्षमा ८८ मत खसेको थियो ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले ४९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले १३२ मत प्राप्त गरेका थिए । सो वडामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले २६१ मत प्राप्त गर्दा रास्वपाको पक्षमा सो वडावाट २३ मत खसेको थियो । सो वडामा नेकपा माओवादीले ४, राप्रपाले ११ र राजमोले १ मत प्राप्त गरेका थिए ।

रुन्टीगढी गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भएका दिलबहादुर कामी आम जनता पार्टीको तर्फ वाट उम्मेदवार वनेका थिए । कुल ८३२ सदर मत रहेको सो वडामा आम जनता पार्टीका उम्मेदवार दिलबहादुर कामीले ९ मत प्राप्त गरेका थिए ।

सो वडामा नेपाली काँग्रेसका उम्मेदवारले २८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारको पक्षमा १५९ मत प्राप्त भएको थियो । सो वडामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले ८८ मत प्राप्त गरेका थिए ।

सो वडामा रास्वपाका उम्मेदवारले २३५ मत प्राप्त गरेका थिए । सो वडामा नेकपा माओवादीका उम्मेदवारले २०, राप्रपाका उम्मेदवारले ३२ र राजमोका उम्मेदवारले २ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?