Butwal Today

ओलीको रिहाइ माग्दै बाँकेमा एमालेको विरोध प्रदर्शन

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

बाँके । नेकपा एमाले बाँकेले आफ्नो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि भेला भई प्रदर्शन गरेका हुन्। उनीहरूले ओलीमाथि लगाइएको आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

विरोध कार्यक्रममा सहभागीहरूले नाराबाजी गर्दै सरकारको कदमको आलोचना गरेका थिए। प्रदर्शनपछि एमाले बाँकेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको जनाएको छ। ज्ञापनपत्रमा ओलीलाई बिना आधार नियन्त्रणमा राखिएको उल्लेख गर्दै कानुनी प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन आग्रह गरिएको छ।

साथै, राजनीतिक प्रतिशोधका आधारमा गरिएको कारबाही तुरुन्त रोक्न समेत माग गरिएको छ। एमालेले देशभर यस्तै कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएको छ ,भने ओलीको रिहाइ नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने संकेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?