© 2026
काठमाडौँ । हृदयको धड्कन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितबारे केही बेरअघि एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाइएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।