Butwal Today

गुल्मीमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।

चन्द्रकोटबाट सान्तिपुरतर्फ आइरहेको लु १ ज १८३४ नम्बरको सफारी जिपले बाटो क्रस गर्दै गरेको अवस्थामा भित्री सडक खण्ड अन्तर्गत रिपाहा भन्ने स्थानमा महिलालाई सनिबार बेलुका ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट घाईते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई ठक्कर दिने जिपका चालक जीवन फौदार सहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी सान्तिपुरबाट टोली तत्कालै घटना स्थलमा पुगि स्थानीयको सहयोगमा घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पुराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?