Butwal Today

ओली र लेखकमाथि अनुसन्धानका लागि प्रहरीले १० दिनको म्याद थप माग्यो

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थपका लागि अदालतसँग माग गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले दुवै जनालाई म्याद थपका लागि अदालतमा पेस गरिएको जानकारी दिए ।

ओली र लेखकको म्याद थपसम्बन्धी निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराइएको छ ।

अदालतमा पेस भएको निवेदनमाथि आज नै सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीहरूको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा इजलासले निर्णय दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?