Butwal Today

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’ को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’को उपाधि चुम्न सफल भएका छन् ।

बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस ’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ ।

हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए ।

टोकियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ  क्लब’मार्फत  हिमालय चितुवाले खेल्दै आएका छन् । हालसम्म उनीले तीन पटक हिट किकबक्सिङ तीन पटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् ।

साथै हालसम्म २५  अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन् । साथै  हालसम्म यस्ता उपाधि हासिल गर्ने उनीले पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?