Butwal Today

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले रेखा शर्मालाई केहीबेर अघि धुम्बराहीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धानका लागि न्यायिक प्रक्रिया अगाडि बढाइँदैछ।

पक्राउको कारणबारे प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन। उनी नेकपा एमालेबाट समानुपातिक लुम्बिनी प्रदेश सभा सदस्य हुन ।

सांसद शर्मा विरुद्ध केहि समय पहिले नाबालिकालाई घरेलु कामदारको रूपमा राखेर दुर्व्यवहार गरेको मुद्दा छ। केही वर्षअघि उनका घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो। उद्धारपछि बालिकालाई सुरक्षित सामाजिक संस्थामा राखिएको थियो। यो मुद्दा पनि सुरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको थियो।

त्यसपछिका अनुसन्धानमा ढिलाइ र काननी कार्वाहिमा छुट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए। संसद शर्मा अदालतमा मुद्दा लिएर धरपकड नगर्न अन्तरिम आदेश पाएकी थिइन्। तर शक्तिको अडामा उक्त मुद्दा सामसुम परिएको थियो भने सासंद शर्मालाई पनि संरक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?