© 2026
भैरहवा । भैरहवामा लागूऔषध दुरुपयोग तथा एचआइभी रोकथाम सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । बैठकमा समस्या, असर र समाधानका उपायबारे छलफल गरिएको हो । आस्था समूह,रुपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लागूऔषध दुरुपयोग,यसले निम्त्याउने सामाजिक,आर्थिक,पारिवारीक साथै सामाजिक असर र यसको न्यूनिकरणका लागि आस्था समूहले प्रदान गरिरहेको सेवाका वारेका संस्थाका खेमराज हितानले प्रस्तुतीकरण गरेका थिए ।
सहभागिवाट उठेका जिज्ञासाका बारेमा जानकारी दिदै संस्थाका कार्यक्रम अधिकृत गोपाल बन्जाडेले समाजमा लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई समाजले हेर्नै दृष्टिकोण अझै पनि पुरानै रहेकाले सामुदायिक सचेतीकरणको आवश्यकता रहेको बताए . उनले एचआईभी वाट संक्रमित वा प्रभावित वालवालिका लाई सरकारले दिएको सामाजिक सुरक्ष भत्ता न्यून रहेको ले उनिहरुको शिक्षा र स्वास्थ्यमा विशेष धयान दिनुपर्ने बताए ।
सिद्धार्थनगरका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले नगरमा भएका एचआईभी वाट संक्रमित वा प्रभावित वालवालिका, सेवार्थीहरुलाई सेवा प्रवाहका लागि आवश्यक सामग्रीहरु समयमा नै स्थानिय निकायमा माग गरेमा वजेटमा पर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सबै सरोकारवाला हरुलाई अनुरोध गरे ।
लागूऔषध दुरुपयोग तथा एचआईभी एड्स रोकथाम ,सामुदायिक सचेतीकरण,लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितको स्वास्थ्य र मानव अधिकारको बारेमा पैरवी गर्दै आएको आस्था समूहले विगत १८ बर्षदेखी रुपन्देहीमा काम गरिरहेको छ भने हाल लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी,कपिलबस्तु, दाङ्घ, बाँके र वर्दिया गरि छ जिल्लामा काम गरिरहेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय,सिद्धार्थनगर नगरपालिका,टेवा समूह, साकार समूह, आशाज्योती सहयोग समूह,युएनएफएल लगायतका संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।