Butwal Today

ओली पक्राउपछि एमाले सचिवालय बैठक जारी

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।

पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा छ । केही कार्यकर्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन् ।

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँग पनि बैठक बस्ने र ती बैठकले विरोधका कार्यक्रम तथा स्वरूप तय गर्ने जानकारी दिएका छन् ।

एमालेले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?