© 2026
बुटवल । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको छ।
अहिले बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरूले प्रदर्शन गरेका छन् ।
शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।