Butwal Today

महिलाका लागि ब्लु बस सेवा सञ्चालनमा ल्याइने

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले महिलाको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न ब्लु बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको १०० बुँदे कार्यसूचीमा यो योजना समावेश गरिएको हो।

सरकारका अनुसार सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गरिनेछ, जसले विशेषगरी महिलालाई सुरक्षित सार्वजनिक यातायात उपलब्ध गराउने लक्ष्य राखेको छ। यस योजना अन्तर्गत पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।

यो कार्यक्रम महिलामाथि हुने सार्वजनिक यातायात सम्बन्धी असुरक्षा, दुर्व्यवहार तथा असहजताको समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको बताइएको छ। ‘ब्लु बस’ सेवा महिलामैत्री बनाइनेछ, जसमा सुरक्षा, सुविधा र पहुँचलाई प्राथमिकता दिइने सरकारी दाबी छ।

सरकारले यस कार्यक्रमलाई क्रमशः विस्तार गर्दै देशभर प्रभावकारी बनाउने योजना बनाएको छ। यसले महिला सशक्तीकरण, सुरक्षित आवागमन र सार्वजनिक यातायातमा विश्वास वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?