Butwal Today

कसैप्रति प्रतिसोध होइन, न्यायको शुरुवात हो: गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको भन्दै कसैप्रति प्रतिसोध नरहेको बताएका छन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन..। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ..। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो..। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ..।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?